काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन् ।
सत्ता गठबन्धनको बैठकले प्रधानन्यायाधीशलाई बिदा बसेर कार्यवाहक तोक्न दिएको सुझाव दिएको थियो । तर, प्रधानन्यायधीश जबराले भने विदा नबस्ने जनाएका छन् ।
उनले भने, ‘म तपाईंलाई कार्यबाहक दिन्न । म आफै अदालत हाजिर हुनसक्ने अवस्थामा छु । भोलिदेखि कार्यालय आउँछु ।’
वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले जिम्मेवारी पाउनुपर्ने भन्दै राणालाई फोन गरेका थिए । कोरोना संक्रणपछि राणाको बलम्बुस्थित एपीएफ अस्पतालमा मंसिर १३ गतेदेखि उपचार भइरहेको छ ।
कोभिडको बेला १४ दिन स्वतः काम गर्न नमिल्ने र यसअघिका कोभिड भएका बेला अन्य न्यायाधीशहरू पनि घरमा वा अस्पतालमा बसेका बेला स्वतः बिदा जनिएको थियो ।
संविधानको धारा १२९ (६) अनुसार प्रधानन्यायाधीश देश बाहिर गएको वा अन्य कारणले अदालतमा उपस्थित हुन नसकेकामा वरिष्ठतम न्यायाधीशलाई कायममुकायमको जिम्मेवारी पाउने व्यवस्था छ ।




प्रतिक्रिया