प्रधानन्यायाधीश राणाले तोके बन्दी प्रत्यक्षीकरणका ९ वटा इजलास

प्रधानन्यायाधीश राणाले तोके बन्दी प्रत्यक्षीकरणका ९ वटा इजलास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बन्दी प्रत्यक्षीकरणका ९ वटा इजलास तोकेका छन् । इजलास गठन गरेका छन्। प्रधानन्यायाधीश राणाले आज आफू बाहेकका ९ वटा इजलास तोकेका हुन् ।

उनले सोमबार र मंगलबार पनि आफू बाहेकका इजलास गठन गरेका थिए । प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीश र नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएका छन् ।

प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलनरत न्यायाधीशहरुले तिहारपछि आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेका छन् ।

राजीनामाको दबाबपछि राणाले सम्मानजनक बहिर्गमनका लागि समय दिन आग्रह गरेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारमा भागवण्डा खोजेपछि राणा विवादमा तानिएका हुन् ।