‘प्रधानन्यायाधीशमाथि महाअभियोगको माग सहित नागरिक प्रदर्शन गरौं’

‘प्रधानन्यायाधीशमाथि महाअभियोगको माग सहित नागरिक प्रदर्शन गरौं’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले राजीनामा दिनुपर्ने बताएका छन् ।

सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत अधिवक्ता अर्यालले प्रधानन्यायाधीशले पदमा बसिरहने नैतिक आधार गुमाई सकेको बताउँदै पदिय हैसियतको जनस्तरबाट पनि अवज्ञा हुनुपर्ने बताए ।

‘वर्तमान प्रधानन्यायाधीशले पदमा बसिरहने नैतिक आधार गुमाई सक्नु भएको छ । अब उहाँको पदिय हैसियतको जनस्तरबाट पनि अवज्ञा हुनु पर्दछ । राजीनामा वा महाअभियोगको माग सहित नागरिक प्रदर्शन कार्यक्रम घोषणा गर्ने तर्फ सोचौं,’ उनले भनेका छन् ।