काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वाेच्च अदालतबाट बाहिरिएका छन् । संसद सचिवालयबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको सूचनासहितको पत्र प्राप्त भएपछि जबरा सर्वाेच्चबाट बाहिरिएका हुन् ।
कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार बिहान प्रधानन्यायाधीश जबराविरुद्ध संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । यसबारे सचिवालयले जबरालाई पत्रमार्फत जानकारी गराएको हो ।
महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा प्रधानन्यायाधीशबाट स्वतः निलम्बित भएका छन् । सर्वोच्चका प्रधानन्यायाधीशमाथि महाअभियोग लगाइएको यो दोस्रो पटक हो । यसअघि शुशिला कार्कीमाथि पनि महाअभियोग लगाइएको थियो ।




प्रतिक्रिया