कानुन व्यवसायीलाई प्रधानन्यायाधीशको चेतावनी : त्यो तपाईंलाई अधिकार छैन

कानुन व्यवसायीलाई प्रधानन्यायाधीशको चेतावनी : त्यो तपाईंलाई अधिकार छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दाको आज पनि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।

संवैधानिक इजलासको न्यायाधीशमाथि प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायाधीशको विषयलाई लिखित रुपमा बुझाउन आग्रह गरेका छन् । कानुन व्यवसायी गोविन्द बन्दीले न्यायाधीश बमकुमार श्रेष्ठलाई इजालसमा राख्न नहुने तर्क गरेका थिए ।

त्यसलगतै प्रधानन्यायाधीश राणाले नेकपासम्बन्धी सर्वोच्चको फैसलामाथि प्रश्न नउठाउन कानुन व्यवसायी गोविन्द बन्दीलाई चेतावनी दिएका छन् ।

राणाले भने , ‘त्यो फैसलामा प्रश्न उठाउने तपाईँलाई अधिकार छैन । यसरी बहस गर्न पाउनुहुन्न । त्यो तपाईंलाई अधिकार  छैन, त्यसको परिणाम के भो, त्यता नजानुस् ।’

त्यसैगरी बहसका लागि देव गुरुङ सर्वोच्च पुगेका छन् । आज भीम रावल, रमेश लेखकले पनि बहस गर्नेछन् । सर्वोच्च पुग्नुअघि दलका नेताहरूबिच देउवा निवास बुढानीलकण्ठमा छलफल भएको थियो ।