इजलासमा प्रधानन्यायाधीशको प्रश्न : एमाले बाहेकको बैकल्पिक सरकार बन्ने अवस्था छ ?

इजलासमा प्रधानन्यायाधीशको प्रश्न : एमाले बाहेकको बैकल्पिक सरकार बन्ने अवस्था छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले नेकपा एमाले बाहेकको बैकल्पिक सरकार बन्ने अवस्था छ कि छैन ? भन्दै प्रश्न गरेका छन् ।

रिट निवेदकका तर्फबाट सोमबार संवैधानिक इजलासमा जारी बहसमा वरिष्ठ अधिवक्ता हरिहर दाहालले संविधानको धारा ७६ मा २ अनुसारनै दल चाहिने हो भने उपधारा ५ किन राख्ने भनेपछि प्रधानन्यायाधीश राणाले सो प्रश्न गरेका हुन् ।

प्रधानन्याधीश राणाले प्रश्न गर्दै भने, ‘धारा ७६(५) को व्यवस्था प्रधानमन्त्री नियुक्तका लागि मात्र हो कि अरु पनि छ? वाँकी अवधि पूरा हुनका लागि हो कि, सार्थकता दिन्छ जस्तो लाग्छ ?’

दाहालको जवाफ थियो, ‘यही लाग्छ भनेर हामी आएको हो । अघिल्लो पटक वैकल्पिक सरकार बन्छ ।’ त्यसपछि राणाले अहिले एमाले नभइ सरकार बन्ने देखिन्छ भन्दै प्रश्न गरे । ‘पहिलो विघटनमा विकल्पमा सरकार बन्ने देखेर बदर गरेको हो । अहिले त एमाले नभई सरकार बन्ने देखिँदैन, देखिन्छ?’ राणाको प्रश्न थियो ।