यो भन्दा बढी विवाद भएमा न्यायाधीशको संख्या थप्न सक्छौंः प्रधानन्यायाधीश

यो भन्दा बढी विवाद भएमा न्यायाधीशको संख्या थप्न सक्छौंः प्रधानन्यायाधीश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनको मुद्दामा अहिलेको भन्दा बढी विवाद भएमा संवैधानिक इजलासमा न्यायाधीशको संख्या थप्न सकिने बताएका छन् ।

मंगलबार बहसका क्रमा वरिष्ठ अधिवक्ता शम्भु थापाले इजलासमा न्यायाधीशको संख्या थप्नुपर्ने भनेर बहस गरेका थिए । सो बहस स्मरण गर्दै प्रधानन्यायाधीश जबराले पाँच जनाको इजलासप्रति आफू विश्वस्त रहेको बताउँदै अझै यो भन्दा ठूलो विवाद भएमा न्यायाधीशको संख्या थप्ने बताएका हुन् ।

‘अहिलेको विवादमा ५ जना न्यायाधीश नै काफी छौं । यो भन्दा पनि ठूलो विवाद भएमा संख्या थप्नुपर्ने हुनसक्छ,’ उनले भने, ‘लयरहरुले पनि संख्या थप्न सकिने सुझाव दिनुभएको छ ।’

संसद विघटनविरुद्धको १३ मुद्धा निवेकहरुले बृहत पूर्ण इजलासमा पठाउन माग गरेपछि लामो बहस नै भएको थियो । तर संवैधानिक इजलासले २ माघमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएकाले बृहत पूर्ण इजलासमा लैजानु नपर्ने आदेश दिएको थियो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् । अहिले संसद विघटनविरुद्धको १३ मुद्धामा सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ ।