काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्रीको तर्फबाट बहस गर्न सर्वोच्च पुगेका अधिवक्तालाई माघ ३० गतेभित्र बहस सक्न आग्रह गरेका छन् ।
सरकारी वकिलहरुपछि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुगेका अधिवक्ता रमेश बडाललाई इजलासले शुरुमै समय सीमावारे ध्यानाकर्षण गराएको हो ।
संसद विघटन मुद्दामा दर्ता भएका १३ वटा रिटमा विपक्षी बनाइएका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिरिषद कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीसहितका विपक्षीका कानुन व्यवसायीलाई प्रधानन्यायाधीशले आउँदो शुक्रबारसम्म बहस सक्न आग्रह गरेका हुन् ।
प्रधानन्यायाधीश राणाले भने, ‘यो हप्ता तपाईंहरुले बहस सक्नुपर्छ ।’ त्यसपछि बडालले भने, ‘सरकारी वकिल र प्रधानमन्त्रीको तर्फबाट सक्ने होला नि श्रीमान् !’
प्रधानान्यायाधीश राणाले फेरि थपे, ‘हैन, सबैको सक्नुपर्छ । मिकसक्युरीका विद्वान अधिवक्ताहरु पनि हुनुहन्छ । हामीलाई पनि केही समय चाहिन्छ । त्यसैले ३० गते शुक्रबारसम्ममा तपाईंहरुले आफ्नो तर्फबाट बहस सक्नुपर्छ ।’ त्यसपछि बडालले आफूले छिटो सक्न प्रयास गर्ने बताएका थिए ।




प्रतिक्रिया