प्रतिनिधिसभा विघटनका १९ वटा रिट प्रधानन्यायाधीश चोलेन्द्रको इजलासमा

प्रतिनिधिसभा विघटनका १९ वटा रिट प्रधानन्यायाधीश चोलेन्द्रको इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभा पुनःस्थापनाको मागसहित परेका १९ वटा रिट रिटमाथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा हुने भएको छ । विघटनविरुद्ध परेका ३० मध्ये १९ वटाको सुनुवाइ आज हुँदैछ ।

बाँकी ११ भने शुक्रबार संवैधानिक इजलासमा पेस हुनेछन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति तथा नयाँ निर्वाचन बदरको ३० वटा रिट परेका थिए ।

बाँकी ११ भने शुक्रबार संवैधानिक इजलासमा पेश हुनेछन् । देउवालाई प्रतिनिधिसभाका बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकोमा रिटमा परमादेशमार्फत सपथको बाटो खुला गर्न माग गरिएको छ ।

देउवालाई १४९ सांसदले गत शुक्रबार प्रधानमन्त्रीमा समर्थन गरे पनि दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा सोही दिन राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

त्यसपछि कांग्रेससहित विपक्षी ५ दलका सांसद प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्च गएका थिए ।