संसद विघटनविरुद्धको रिटमा सुनुवाई हुँदै, प्रधानन्यायाधीशद्वारा संवैधानिक इजलास गठन

संसद विघटनविरुद्धको रिटमा सुनुवाई हुँदै, प्रधानन्यायाधीशद्वारा संवैधानिक इजलास गठन


काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संसद विघटनविरुद्ध परेको रिटको सुनुवाईका लागि संवैधानिक इजलास गठन गरेका छन् ।

प्रधानन्यायाधीश राणाले बुधबार गठन गरेकाे इजलासमा हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, तेज बहादुर के सी रहेका छन् ।

उनले यसअघिकै कानुन व्यवसायीहरुलाई संवैधानिक इजलासमा राखेका हुन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दामा आजबाट सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुँदैछ ।

नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहितले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै दायर गरेको रिटमाथि सुनुवाइ हुने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नी प्रसाद सापकोटाले लिखित जवाफ पेश गरिसकेका छन् ।