मोटरसाइकल चोरी गर्ने १ जना पक्राउ

मोटरसाइकल चोरी गर्ने १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मोटरसाइकल चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सादा पोसाकमा खटिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले भक्तपुरको कौशलटारबाट २ वटा मोटरसाईकसहित १ जनालाई पक्राउ गरेको हो ।

दोलखा घर भएका वर्ष १९ का विज्ञान भुजेललाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

मोटरसाइकल चोरी भएको सुचना प्राप्त हुनासाथ ट्राफिक महाशाखाको सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले आईतबार दिउँसो नै उक्त मोटरसाईकल सहित भुजेललाई नियन्त्रणमा लिन सफल भएको एसएसपी भट्टराईले बताए ।

पछिल्लो समय उपत्यकाको बिभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी विशेष कारबाही अभियान ट्राफिक महाशाखाले निरन्तर रूपमा चलाई राखेको छ ।