काठमाण्डु – आन्तरिक राजस्व विभागमा तत्कालीन महानिर्देशक चूडामणि शर्मा अदालतमा उपस्थित भएका छन् ।
कर फर्स्योट आयोगमा रहेर भ्रष्टाचार गरेको आरोप लागेका शर्मा पूरक मुद्दामा बयान दिन शर्मा सोमबार विशेष अदालतमा उपस्थित भएका हुन् । अहिले न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासमा उनको बयान भइरहेको छ ।
बयान सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्नेबारे बहस हुनेछ । बहस सकिएपछि आदेश हुनेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध एक अर्ब ३३ लाख रुपैयाँ बिगो दाबी गर्दै २०७८ असार ९ गते मुद्दा दर्ता गरेको थियो ।
शर्मासहित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई प्रतिवादी बनाइएको थियो । तर उनीहरु भने अदालतको आदेशबमोजिम ५०/५० लाख रुपैयाँ धरौटी बझाएर आइतबार नै रिहा भएका छन् ।




प्रतिक्रिया