तेह्रथुम – तेह्रथुम जिल्लाको चुहानडाँडास्थित थुम्किडाँडामा एयरपोर्ट बन्ने भएको छ । एयरपोर्टको लागि स्थलगत अध्ययनमा बिहिवार बिहान चुहानडाँडा आइपुगेका संस्कृति, पर्यटन तथा नगरीक उड्यान मन्त्रि योगेश भट्टराईले एयरपोर्ट निर्माणको आवश्यक प्रक्रिया अगाडि बढेको बताए ।
‘विस्तृत अध्ययन प्रतिवेदन, वातावरणीय प्रभाव मुल्यांकन र यो आर्थिक वर्ष भित्र टेन्डर निकाल्ने कार्य हुने भएकोले एयरपोर्ट बन्छ’ मन्त्री भट्टराईले भने, ‘यो एयरपोर्ट विभिन्न हिसाबले महत्त्वपूर्ण छ, यही एयरपोर्टको अनुगमन गरि फर्किने क्रममा दुर्घटनामा परि म भन्दा अगाडिका मन्त्री रविन्द्र अधिकारीको निधनले पनि छिटो एयरपोर्ट बनाउनका लागि दवाव रहेको छ ।’
अरू एयरपोर्ट भन्दापनि यो विभिन्न कारणले चुहानडाँडा एयरपोर्ट प्राथमिकता रहेको उनले उल्लेख गरे । पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाको सेन्टरमा भएकोले यो एयरपोर्ट हरेक हिसाबले उपयुक्त हुदाँ पूर्वी क्षेत्रको पर्यटन विकासको लागि यो एयरपोर्ट निर्माण हुनु महत्त्वपूर्ण रहेको पर्यटन मन्त्री भट्टराईले बताए ।
आठराई गाउँपालिका–६ चुहानडाँडामा रहेको थुम्किडाँडामा बिमानस्थल बनाउने चर्चा २०३२ साल देखि नै चल्दै आएको स्थानीयहरु बताउँछन् । पर्वी पहाडी जिल्लाहरुकै बिमानस्थल निर्माणका लागि सबै भन्दा उपयुक्त स्थान भएकाले यसअघि नै पाँच पटक सम्म सम्भााव्यता अध्ययन भएको छ । बिमानस्थाल निर्माणका लागि २०३२, २०३५, २०६९, २०७१ सालमा प्राविधिकहरुबाट सम्भाव्यता तथा संर्वेक्षण भई सकेको छ ।




प्रतिक्रिया