५० प्रतिशत मतभार कटाउन नसकेपछि महासंघको चुनाव दोस्रो चरणमा


काठमाण्डु- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः प्रतिस्पर्धा हुने भएको छ ।

बुधबार भएको निर्वाचनको सबै मत परिणाम आज बिहान सार्वजनिक हुँदा कसैले पनि ५० प्रतिशत मतभार कटाउन सकेनन् । कुनै पनि उम्मेदवारले ५० प्रतिशत मतभार कटाउन नसकेपछि चुनाव दोस्रो चरणमा गएको हो । जसअनुसार सबैभन्दा धेरै मत पाएका अञ्जन र उमेशबीच दास्रो चरणमा पुनः प्रतिस्पर्धा हुने भएको छ ।

अञ्जनले ३७.९९ प्रतिशत मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी उमेशलालले ३१.७१ प्रतिशत मत ल्याएका छन् । तेस्रो धेरै मतभार पाउने रामचन्द्र संघ पहिलो चरणबाटै बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement