एमालेका १३८ सहित को–को भए चुनावअगावै निर्विरोध निर्वाचित ? (नामसहित)

एमालेका १३८ सहित को–को भए चुनावअगावै निर्विरोध निर्वाचित ? (नामसहित)

कुन दलका कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्थानीय तह निर्वाचन–२०७९ मा देशभर ३९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले शनिबार चुनाव अगावै निर्विरोध निर्वाचित हुने प्रतिनिधिहरुको नाम सार्वजनिक गरेको हो ।

आयोगका अनुसार ३५ हजार २ सय २१ पदका लागि कुल १ लाख ४५ हजार १० जनाको उम्मेदवारी परेको थियो । निर्बिरोध निर्वाचित हुनेमा नेकपा एमालेको संख्या धेरै देखिएको छ । एमालेका तर्फबाट १३८ जना निर्विरोध हुँदा कांग्रेसका तर्फबाट ११५ जना मात्रै रहेका छन ।

यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट ५९ जना, नेकपा एकीकृत समाजवादी (एस) बाट ३५ जना र स्वतन्त्र ३५ जना अन्य दलबाट ८ जना निर्विरोध निर्वाचित भएका छन् । निर्बिरोध हुनेमा कर्णाली प्रदेश अगाडि देखिएको छ । कर्णालीमा १५७ जना निर्विरोध भएका छन । यस्तै सवैभन्दा कम लुम्बिनीमा देखिएको छ । लुम्बिनीमा जम्मा ८ जना मात्रै निर्बिरोध भएका छन ।

कर्णाली प्रदेशका डोल्पा, हुम्ला, जुम्ला लगायतको जिल्लामा बढी निर्विरोध निर्वाचित भएका हुन । यस्तै कर्णालीपछि गण्डकी प्रदेश देखिएको छ । गण्डकीमा ११२ जना निर्वरोध भएका छन । यस्तै प्रदेश १ मा ४३ जना, बागमती प्रदेशमा ४६ जना, सुदूरपश्चिम प्रदेशमा १५ जना र मधेस प्रदेशमा ९ जना निर्विरोध भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको तथ्यांकअनुसार निर्विरोध निर्वाचित हुने स्थानीय तहको अध्यक्ष/उपाध्यक्ष र वडाध्यक्षमा महिलाको उपस्थिति ३.६३ प्रतिशत देखिएको छ । देशभर ३९० जना निर्विरोध निर्वाचित भएकोमा ६३.३ प्रतिशत महिला देखिए पनि उनीहरूको उपस्थिति सदस्यहरूमा मात्रै रहेको छ । सदस्यमध्ये महिला सदस्य र दलित सदस्य आरक्षित पदबाहेक वडाध्यक्ष, पालिका अध्यक्ष र उपाध्यक्षमा भने महिलाको उपस्थिति कम देखिएको हो ।

आयोगका अनुसार ३ ओटा पालिकाका अध्यक्ष निर्विरोध हुँदा तीनै जना पुरूष रहेका छन भने ४ जना उपाध्यक्ष निर्विरोध हुँदा डोल्पालको काईके गाउँपालिकामा कांग्रेसकी निमा बुढा निर्विरोध हुनुभएको छ । अन्य ३ मा पुरूष रहेका छन् । ४८ जना वडाध्यक्ष निर्विरोध हुँदा १ जना मात्रै महिला रहेकी छन । ४८ मध्ये हुम्लाको खार्पुनाथ गाउँपालिका वडा ४ को अध्यक्षमा नेपाली कांग्रेसकी ४३ वर्षीय रंगमति शाही निर्विरोध हुनुभएको छ भने ४७ जना भने पुरुष रहेका छन ।

एमाले महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन बन्दा पनि १३८ जना जनप्रतिनिधि निर्बिरोध हुनु सामान्य बिषय नभएको बताए । ‘एउटा दलले उम्मेदवारी दिँदा छुट्नु सामान्य बिषय होला, तर गठबन्धन बनाउँदा पनि १३८ जना उम्मेदवार दिन नसक्नु सामान्य होइन, यस्ले देशभर एमालेको पक्षमा जनलहर छ भन्ने प्रष्ट पार्छ,’ महासचिव पोखरेलले भने ।

१२३ जना दलित महिला सदस्य रिक्त

उम्मेदवारी दर्ता नै नपरेपछि १२३ वडामा दलित महिला सदस्य खाली भएका छन्  । आयोगका अनुसार कर्णालीका ३७ वडामा महिला सदस्यको उम्मेदवारी नै परेको छैन । काठमाण्डु, भक्तपुर र ललितपुरमा पनि उम्मेदवारी परेको छैन ।

यस्तै गण्डकीमा २५, प्रदेश १ मा ६, वाग्मतीमा ३७ वडामा उम्मेदवारी परेको छैन । काठमाण्डु,भक्तपुर र ललितपुरमा मात्रै २६ वडामा दलित महिलाको पद रिक्त भएको छ । मधेसमा ६ र सुदूरपश्चिममा १० पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ  ।