काठमाण्डु- सत्तारुढ पाँच दलीय गठबन्धन दलहरुले धादिङमा चुनावी तालमेल गरेर जाने निर्णय गरेका छन् । आइतबार बसेको सत्ता गठबन्धनको बैठकले जिल्लाका स्थानीय तहमा तालमेल गरेर उम्मेदवार छनोट गर्ने निर्णय गरेको हो ।
जिल्लाका स्थानीय तहमध्ये कुन स्थानीय तहमा कुन दलले प्रमुख/उपप्रमुख पाउने भन्ने विषयमा भागबण्डा टुंगिसकेको छैन । धादिङमा १३ स्थानीय तह छन्। जसमध्ये नेपाली कांग्रेसले ७, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले ३ स्थानीय तह पाउने प्रारम्भिक सहमति भएको जनाइएको छ ।




प्रतिक्रिया