काठमाण्डुको चुनीखेलमा आगलागी हुँदा २४ परिवार विस्थापित

काठमाण्डुको चुनीखेलमा आगलागी हुँदा २४ परिवार विस्थापित

प्रहरीको सहयोगमा ७ जनाको उद्धार


काठमाण्डु – काठमाण्डुको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेल नयाँबस्तीमा आगलागी भएको छ ।

गएराति भएको आगो निभाउन झन्डै ३ घण्टा लागेको थियो । काठमाण्डु महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको हो ।

आगो लागेलगत्तै ७ जनालाई उद्धार गरिएको छ । आगलागीका कारण २४ परिवार विस्थापित भएका छन् । आगोले लामो टहरा र त्यहाँ रहेका सरसामान जलेर नष्ट भएका वडाअध्यक्ष टीकानारायण श्रेष्ठले बताए । उनकाअनुसार विस्थापितलाई नजिकैका अरु टहरामा राखिएको छ ।

उनीहरूलाई खाद्यान्न, लत्ताकपडालगायतका राहत उपलब्ध गराउने तयारी भइरहेको छ । बिजुली सट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आइसकेको छैन ।