एजेन्सी– अमेरिकी गुप्तचर निकाय सिआइएका प्रमुख विलियम जे बर्नस गोप्य रुपमा काबुल पुगेका छन । तालिबानले अफगानिस्तान कब्जा गरेपछी विद्रोही समूहका नेताहरूलाई भेट्न उनि काबुल पुगेको द वासिङ्टन पोष्टले खुलासा गरेको छ । विलियमले सोमबार काबुलमा तालिबानका उच्च नेता मुल्लाह अब्दुल घानी बारादारलाई भेटेका छन्।
बारादार तिनै नेता जसलाई अमेरिकाले सिआइएले पाकिस्तानसंग मिलेर २०१० मा कराचींमा पक्राउ गरेको थियो । त्यसपछि उनलाई अमेरिकाकै दबावमा २०१८ मा रिहा गरिएको थियो। बारादार रिहा भएपछि तालिबानसंग वार्ता सुरु भएको थियो ।
अमेरिकाले आफ्ना सबै सैनिक अगस्ट ३१ सम्म फिर्ता लैजाने भनेपनि तालिावनले अवरोध गरे अमेरिकी सेना केही समय रहन सक्ने राष्ट्रपति जो बाइडेनले बताएका थिए । गूप्तचर प्रमुखको काबुल भ्रमणलाई त्यसैसंग जोडेर हेरिएको छ ।
अमेरिकाले सोचेभन्दा छिटो तालिबानले काबुल कब्जा गरेपछि अमेरिकालाई अफ्ठेरो परेको छ । सबै अमेरिकी र अमेरिकालाई सहयोग गरेका अफगानहरूलाई उद्धार गर्न केही समय लाग्न सक्ने भएकाले अमेरिका अफगानिस्तानमा केही समय बस्न सक्ने देखिन्छ । अहिले काबुलस्थित हमिद कारजाई विमानस्थल अमेरिकी र नाटो सैनिकको नियन्त्रणमा छ।
तालिबानका प्रवक्ता जविउल्लाह मुजाहिदले अगस्टपछि अमेरिकी सैनिकले अगष्ट ३१ भित्र अफगानिस्तान छोड्नुपर्ने, नछोडे त्यसलाई अतिक्रमण ठानेर व्यवहार गरिने चेतावनी दिएको छ । उनले अफगान नागरिकलाई यात्रा गर्न रोक लगाएपनि विदेशीको यात्रामा भने रोक नलगाइएको दावी गरे ।




प्रतिक्रिया