विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

छात्रवृत्ति, दिवा खाजा तथा पाठ्यपुस्तकका लागि विद्यालयमा आएको रकममध्ये ४ लाख ४३ हजार ४३० रुपैयाँ ७० पैसा हिनामिना भएको आयोगको अनुसन्धानपछि प्रष्ट भएको हो ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार छात्रवृत्तिका लागि निकासा गरिएको ५१ हजार ६०० रुपैयाँ विद्यार्थीहरूलाई वितरण नगरिएको पाइएको छ । दिवा खाजाका लागि विनियोजित २ लाख ४७ हजार ५० रुपैयाँमध्ये केवल ९ हजार ९०० रुपैयाँ बराबरको खाजा मात्र विद्यार्थीलाई उपलब्ध गराइएको र बाँकी २ लाख ३७ हजार १५० रुपैयाँ दुरुपयोग भएको देखिएको छ ।

पाठ्यपुस्तकका लागि प्राप्त १ लाख १६ हजार ७२९ रुपैयाँमध्ये केवल १ हजार ७६४ रुपैयाँ ४० पैसा बराबरको पुस्तक खरिद गरी ३ विद्यार्थीलाई मात्र वितरण गरिएको र बाँकी रकम नियमअनुसार खर्च नभएको आयोगले जनाएको छ । सामाजिक सुरक्षा करका नाममा कट्टी गरिएको ३९ हजार ७१४ रुपैयाँ ९५ पैसा पनि दाखिला नगरी हिनामिना गरिएको आरोपपत्रमा उल्लेख छ ।

आयोगले दुवै जनामाथि भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कैद, जरिवाना तथा दुरुपयोग गरिएको सम्पूर्ण रकम असुलउपर गर्न माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।