भिजिट भिसा प्रकरणमा तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

भिजिट भिसा प्रकरणमा तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।

भिजिट भिसाको नाममा गैरकानुनी ‘सेटिङ’ मिलाएर यात्रु प्रस्थान गर्दा पेश गर्नुपर्ने कागजात अभिलेख गर्नुपर्नेमा नगरी/नगराई दु:ख हैरानी दिई यात्रुहरूबाट घुस/रिसवत लिने साथै उपहार लिने, मोबाइल लगायतका सामान खरिद गराउने गरेको भन्दै अख्तियारले भट्टराईसहित तत्कालीन अध्यागमन अधिकृत यज्ञराज अर्याल, ग्रिनलाइन होलिडेज प्रालिका अध्यक्ष बालकृष्ण खड्का, फेमली होलिडेज ट्राभल्स एण्ड टुर्सका सञ्चालक दिपक भण्डारी, ग्रिनलाइन होलिडेजका सञ्चालक/कर्मचारी राम खड्काविरुद्ध मुद्दा दायर गरेको हो ।

भट्टराईकी गाउँले बहिनी कविता पौडैल र जग्गा कारोबारी खेमप्रसाद सुवेदीलाई मतियारको रूपमा प्रतिवादी बनाइएको छ ।

भट्टराईसँग ७९ लाख ८० हजार बिगो दाबी गरिएको छ । सम्पत्ति शुद्धीकरणमा १ करोड ३ लाख ७९ हजार ६०० रूपैयाँ मागदाबी गरिएको छ । कविता र खेमप्रसादलाई पनि सम्पत्ति शुद्धीकरणको मुद्दामा विपक्षी बनाइएको छ ।