भिजिट भिसा प्रकरणमा पूर्वगृहमन्त्री लेखकमाथि छुट्टै अनुसन्धान गर्दै अख्तियार

भिजिट भिसा प्रकरणमा पूर्वगृहमन्त्री लेखकमाथि छुट्टै अनुसन्धान गर्दै अख्तियार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणको अनुसन्धानका क्रममा पूर्वगृहमन्त्री रमेश लेखकमाथि छुट्टै अनुसन्धान गर्ने भएको छ ।

अख्तियारले बिहीबार तत्कालीन विमानस्थल अध्यागमन विभागका प्रमुख तीर्थराज भट्टराई समेतलाई घुस रिसवत र सम्पत्ति शुद्धीकरण अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन गृहमन्त्री लेखकको हकमा भने छुट्टै अनुसन्धान गर्नुपर्ने भनी अभियोग पत्रमा उल्लेख गरेको छ ।

भ्रष्टाचार मुद्दाको अभियोग पत्रमा तत्कालीन गृहमन्त्री, गृहसचिव र अन्य राष्ट्रसेवकहरूको संलग्नताको सम्बन्धमा अनुसन्धान भइरहेको उल्लेख छ ।

प्रमुख अध्यागमन प्रमुख भट्टराईको निवेदनका साथ प्राप्त भएको डायरी तथा नेपाल टेलिकमबाट प्राप्त सीडीआर विवरणबाट तत्कालीन गृहमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारी तथा स्वकीय सचिव जनक भट्टसँग अस्वाभाविक सम्पर्क भएको खुल्न आएको अख्तियारले जनाएको छ ।

प्रतिवादी भट्टराईको तत्कालीन गृहमन्त्री, गृहसचिव, अध्यागमन विभागका महानिर्देशक, तत्कालीन शान्ति सुरक्षा हेर्ने महाशाखाका प्रमुखसँग गैरकानूनी रकम लेनदेन भएको हुनसक्ने देखिएको छ ।

बदनियतपूर्वक सेटिङ गरी भिजिट भिसामा विदेश पठाउने कार्यमा तत्कालीन गृहमन्त्री, गृहसचिव, अध्यागमन हेर्ने गृह मन्त्रालयका महाशाखा प्रमुख, गृह मन्त्रालयका प्रशासन हेर्ने महाशाखाका प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी सचिव, स्वकीय सचिव, गृह सचिवका सचिवालय र अन्य राष्ट्रसेवकहरू संलग्नताको सम्बन्धमा अनुसन्धान भइरहेको अभियोगपत्रमा उल्लेख गरिएको छ ।