सशस्त्रका प्रहरी निरीक्षक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सशस्त्रका प्रहरी निरीक्षक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार रुपैयाँ घुस लिएको आरोपमा सशस्त्र प्रहरी बल नेपालका प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

धनुषास्थित सशस्त्र प्रहरी बलको सुरक्षा बेस नक्टाझिजमा कार्यरत अधिकारीले कमला–ढल्केवर–बाग्मती सडक निर्माण आयोजनामा माटो तथा ग्राभेल फिलिङमा प्रयोग हुने सवारीसाधन रोक्ने र काम गर्न नदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।

अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानबाट अधिकारीले विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दु:ख हैरानी दिँदै घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ । आयोगले भ्रष्टाचार निवारण ऐनअनुसार बिगो ४० हजार रुपैयाँ कायम गरी कैद र जरिवानाको मागदाबी गर्दै विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको छ ।