काठमाडाैँ—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दूग्ध विकास संस्थान काठमाडौंका तत्कालीन महाप्रबन्धक गंगा तिमल्सिनासहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार अभियाेगसम्बन्धी मुद्दा दायर गरेको छ।
अख्तियाले १० जना विरूद्ध जनही ४६ लाख ७९ हजारका दरले विगाे दाबी गरेर मुद्दा दायर गरेकाे हाे। ०६९ माघ २२ गते दुग्ध वितरणको लागि दुई कम्पनीसँग सम्झौता गर्दा प्रतिलिटर ढुवानी मूल्यमा आफूखुसी पाँच प्रतिशत मूल्यवृद्धि गरी अस्वाभाविक भुक्तानी लिएको पाइएकाे अख्तियारकाे दाबी छ ।
मुद्दा दायर भएकाहरूमा तत्कालीन महाप्रबन्धक तिमल्सिना, तत्कालीन निमित्त उपमहाप्रबन्धक ईश्वरीप्रसाद अधिकारी, काठमाडौं दुग्ध वितरण आयोजना बालाजुका तत्कालीन आयोजना प्रमुख राज गोविन्द राजकर्णिकार, सोही आयोजनाका तत्कालीन सहायक प्रबन्धक माधवप्रसाद ओझा, तत्कालीन वरिष्ठ लेखा अधिकृत राजनजंग थापा र तत्कालीन काठमाडौं दुग्ध वितरण आयोजना बालाजु, हाल दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय लैनचौरमा रहेका तत्कालीन प्रशासकीय अधिकृत तथा हाल प्रशासन व्यवस्थापन विभागका निमित्त प्रमुख दिपक सुवेदी रहेका छन्।




प्रतिक्रिया