नक्कली प्रमाणपत्रले जागिर खाएपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

नक्कली प्रमाणपत्रले जागिर खाएपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नक्कली प्रमाणपत्रले जागिर खाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको बर्दगोरीया गाउँपालिका–४ माध्यमिक विद्यालय कोटातुल्सीपुरका बाल विकास कार्यकर्ता निरञ्जना मल्लविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक योग्यताको झूटा प्रमाणपत्र सम्बन्धी आरोप पत्र दायर गरेको हो ।

अख्तियारको विज्ञप्तिमा उल्लेख छ, ‘बाल विकास कार्यकर्ता निरञ्जना मल्लको एसएलसी सरहको भारतीय शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निरञ्जना मल्लले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणासी भारतबाट जारी भएको हाई–स्कूल परीक्षाको नक्कली (झूटा) शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी कैलाली जिल्लाको बर्दगोरीया गाँउपालिका–४ मा रहेको माध्यमिक विद्यालय कोटातुल्सिपुरमा वाल विकास सहयोगी कार्यकर्ताको पदमा नियुक्त लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरी निज निरञ्जना मल्लले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ बमोजिमको कसूर गरेको पुष्टि भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसूरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’