घुस लिएको आरोपमा प्रहरी जवान धवलविरुद्ध विशेष अदालतमा मुद्दा दायर

घुस लिएको आरोपमा प्रहरी जवान धवलविरुद्ध विशेष अदालतमा मुद्दा दायर


काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासीका तत्कालीन प्रहरी जवान सञ्जीव धवलसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सेवाग्राहीबाट १ लाख ७५ हजार रुपैयाँ घुस लिएको ठहर गर्दै अख्तियारले आज बुधबार विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ ।

अख्तियारले चितवनको भरतपुर महानगरपालिका–८ का अर्जुनप्रसाद शर्मा र भरतपुर–२१ का इन्द्रलाल श्रेष्ठलाई विपक्षी बनाएर मुद्दा दायर गरेको छ ।