७ हजार घुससहित पक्राउ परेका सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

७ हजार घुससहित पक्राउ परेका सहायक वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बाँकेको सबडिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

सहायक वन अधिकृत पार्धेले काठ चिरानको सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग ७ हजार रुपैयाँ घुस लिदाँलिँदै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सहायक वन अधिकृत पार्धेविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा घ को उपदफा (१) बमोजिम कसूरमा ७ हजार रुपैयाँ बिगो कायम गरी आज मंगलबार विशेष अदालतमा आरोपपत्र दायर भएको छ ।

यसैगरी, तनहुँको व्यास नगरपालिकामा रहेको बाल मन्दिर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक सुनिता उपाध्याय पौडेलविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पौडेलले शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, वाराणसी, भारतबाट उत्तीर्ण गरेको हाईस्कूल तहको कीर्ते शैक्षिक योग्यताको प्रमाणपत्रहरू पेश गरी प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको हैसियतमा लाभ लिएको भेटिएको आयोगले जनाएको छ ।

शिक्षक पौडेलविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको माग गरिएको छ ।