विद्यालय भवनको अनियमिततामा प्रधानाध्यापकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

विद्यालय भवनको अनियमिततामा प्रधानाध्यापकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कालिकोटको पलाँता गाउँपालिका–१ कालिका माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयका प्रधानाध्यापकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले शुक्रबार आरोपीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा गाउँपालिकाका वडाध्यक्ष मानबहादुर भण्डारी, पलाँता गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, सिभिल इन्जिनीयर माधवकुमार भट्ट, असिस्टेन्ट सवइन्जिनीयर हिक्मत प्याकुरेल, विद्यालय व्यवस्थापन समितिका सदस्य वीरजन भण्डारी, समितिको भूपू अध्यक्ष सन्तोष बुढा र विद्यालयका लेखापाल विशाल भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।

विद्यालय व्यवस्थापन समितिसँग मिलेमतो गरी निर्धारित मापदण्ड र शर्त विपरीत निर्माण कार्य गरी/गराई इस्टिमेट अनुसार काम नै नभएको योजनामा काम गरेभन्दा ८ लाख ५१ हजार ३९२ रुपैयाँ ६९ पैसा बढी रकम भुक्तानी गरिएको अख्तियारको ठहर छ ।