मुख्यमन्त्री कार्यालयका शाखा अधिकृतको प्रमाणपत्र नक्कली ! विशेष अदालतमा मुद्दा दायर

मुख्यमन्त्री कार्यालयका शाखा अधिकृतको प्रमाणपत्र नक्कली ! विशेष अदालतमा मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत शाखा अधिकृत लक्ष्मण शाहको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेशअन्तर्गत इन्टरमिडियट तहको परीक्षा उत्तीर्ण गरेको भनी झूटा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको छानबिनबाट पुष्टि भएको अख्तियारले जनाएको छ ।

राष्ट्रसेवकको ओहदा तथा लाभ प्राप्त गर्ने उद्देश्यले निजामती सेवाको कम्प्युटर अपरेटर पदमा सुरु प्रवेश गरी बढुवा भई हाल शाखा अधिकृतमा बहाल रही भ्रष्टाचार निवारण ऐन बमोजिमको कसूर गरेको पुष्टि हुन आएकाले आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।