काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार घुससहित पक्राउ गरेका जिल्ला अदालत कपिलवस्तुका २ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेविरुद्ध शुक्रबार विशेष अदालत काठमाण्डुमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
केही दिनअघि सेवाग्राहीबाट २० हजार घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार तहसिलदार मिश्र र कम्प्युटर अपरेटर पाण्डेको मिलेमतोमा वण्डा मुचुल्का बदर गरी पुनः बण्डा मुचुल्का गरिदिने तथा तारेख समेत दिने प्रयोजनार्थ सेवाग्राहीसँग २० हजार घुस लिएको पुष्टि हुन आएकाले शुक्रबार मुद्दा दायर भएको छ ।




प्रतिक्रिया