काठमाण्डु – विशेष अदालतले भ्रष्टाचार मुद्दामा वडाध्यक्षसहित ३ जनालाई सजाय नगरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वाेच्च अदालतमा पुनरावेदन गरेको छ ।
सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका–२ का तत्कालीन वडाध्यक्ष रमेश कुमार बस्नेत, लिखुपिके गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र लेखा प्रमुख जीवन सुवेदीविरुद्ध अख्तियार सर्वोच्च गएको छ ।
विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको छ । निःशुल्क रूपमा दानपत्रमा पास गरेको जग्गा त्यसविपरीत हुने गरी झूटा बिल भरपाइको आधारमा ६ लाख ६० हजार भ्रष्टाचार गरेको भन्दै अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको छ ।
लेखा परीक्षण बेरुजुपश्चात् ६० हजार रकम दाखिला भएको र ६ लाख बराबरको हानि–नोक्सानी पुर्याएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ अनुसार सजाय हुनुपर्ने पुनरावेदन निवेदनमा अख्तियारले उल्लेख गरेको छ ।
लिखुपिके गाउँपालिका–२ का वडाध्यक्ष बस्नेतले २०७५ फागुन १५ गते रकम नदिई निःशुल्क रूपमा दानपत्रमा पास गरेको जग्गा ६ लाख ६० हजारको बिल भरपाई कागज बनाएको अख्तियारले जनाएको छ । उनीहरूले जग्गा २०७६ असार ३१ गते प्रमुख प्रशासकीय अधिकृत र लेखापाल समेतले झूट बिल भरपाई बनाएर भुक्तानी दिएको अख्तियारको ठहर छ ।




प्रतिक्रिया