काठमाण्डु – मुख्यसचिव वैकुण्ठ अर्याल सोमबारदेखि बिदामा बस्ने भएका छन् । टेरामक्स प्रविधि खरिदको अनियमिततामा मुछिएका मुख्यसचिव अर्याललाई अख्तियारले मुद्दा चलाउने तयारी गरेपछि उनि बिदामा बस्न लागेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाललले आइतबार अर्याललाई बिदामा बस्न नभए सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले बर्खास्त गर्ने चेतावनी दिएपछि उनि सोमबारबाट बिदामा बस्न लागेको स्रोतले बतायो ।
अर्याल सञ्चार मन्त्रालयको सचिव रहँदा टेरामक्स प्रविधि खरिदको अनियमिततामा संलग्न भएका हुन् । उनिसंगै स्वास्थ्यमन्त्री मोहन बस्नेत र पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीलाई समेत अख्तियारले मुद्दा चलाउने तयारी गरेको छ ।




प्रतिक्रिया