मालपोतका नासु एक लाख घुस लिँदालिँदै पक्राउ

मालपोतका नासु एक लाख घुस लिँदालिँदै पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालयको रजिस्ट्रेसन फाँटमा कार्यरत नायब सुब्बा देवराज काफ्लेलाई एक लाख घुससहित पक्राउ गरेको छ।

 

मालपोत कार्यालयको अन्डरग्राउन्डको कोठामा घुस लिँदै गर्दा अख्तियारको टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो।

 

 

सूर्यविनायक नगरपालिका नङ्खेलको जग्गा पास गर्न डोर खटाउने क्रममा आवश्यक दस्तुर रु १५ हजार बुझाइसकेपछि पनि थप एक लाख घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पक्राउ गरेको हो।