आठ करोड ९६ लाख भ्रष्टाचारको अभियोगमा दुई उपसचिवसहित चार जनाविरुद्ध मुद्दा दायर

आठ करोड ९६ लाख भ्रष्टाचारको अभियोगमा दुई उपसचिवसहित चार जनाविरुद्ध मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय इटहरीका उपसचिवद्वय विष्णुप्रसाद पौडेल र होमनाथ अधिकारीसहित चारजनाविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

 

 

यातायात कार्यालयमा उठेको राजश्व जम्मा नगरी भ्रष्टाचार गरेको अभियोगमा आयोगले मंगलबार उनीहरुविरुद्ध मुद्दा दायर हो।

 

 

 

आयोगले कार्यालयका उपसचिव होमनाथ अधिकारीविरुद्ध १४ लाख पाँच हजार र विष्णुप्रसाद पौडेलविरुद्ध आठ करोड ८२ लाख बिगो माग दाबी गरेको छ। 

 

 

यसैगरी, कार्यालयकै लेखापाल सुरेश अधिकारी र मणिराज दाहाल तथा सहलेखापाल टंकबहादुर खड्कासँग जनही आठ करोड ९६ लाख बिगो माग दाबी गर्दै आयोगले मुद्दा दायर गरेको प्रवक्ता जीवराज कोइरालाले जानकारी

दिए।