सीआईबीले माग्यो सुन तस्करीका ‘गोप्य’ सूचना र प्रमाण

सीआईबीले माग्यो सुन तस्करीका ‘गोप्य’ सूचना र प्रमाण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करीसँग सम्बन्धित गोप्य सूचना भएमा उपलब्ध गराउन सार्वजनिक अपिल गरेको छ ।

शुक्रवार सूचना निकालेर सीआईबीले सुन तस्करीसँग सम्बन्धित सूचना तथा तथ्य, प्रमाण भएमा सीआईबीको ईमेल ठेगाना  [email protected] अथवा ९८५१२९१३११ मा समेत सम्पर्क राख्न आग्रह गरेको छ ।

सीआईबीको कार्यालयमै पुगेर पनि सूचना, तथ्य वा प्रमाण उपलब्ध गराउन सकिने र यसरी प्राप्त भएको जानकारी वा सूचनाको स्रोत गोप्य रहने पनि सीआईबीले जनाएको छ । आमनागरिकको साथ, सहयोग र सहकार्यबाट अपराध अनुसन्धान सत्य र तथ्यमा पुग्ने हुँदा सकारात्मक सहयोगको अपेक्षा गरिएको सूचनामा भनिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ महिनाअघि भन्सार छलेर ल्याइएको साढे ६० किलो सुन र विभिन्न मितिमा भएका सुन तस्करी प्रकरणका सम्बन्धमा समेत सुक्ष्म रूपमा अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएको छ ।