सीआईबीको ‘एक्सन’ : जग्गा हिनामिनामा धमाधम ३ जना पक्राउ

सीआईबीको ‘एक्सन’ : जग्गा हिनामिनामा धमाधम ३ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ‘एक्सन’ उत्रिएको छ ।

सीआईबीले बिहीबार एकैदिन ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सुरुमा चर्चित व्यवसायी विनोद चौधरीका भाइ अरुण चौधरीलाई पक्राउ गर्‍यो । लगत्तै प्रहरीले कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजितनारायण सिंह थापालाई पक्राउ गरेको छ । त्यसपछि प्रहरीले कारखानाका वर्तमान अध्यक्ष सञ्जय ठाकुरलाई पक्राउ गरेको छ ।

प्रहरीले सबैलाई काठमाण्डुबाटै पक्राउ गरेको सीआईबी स्रोतले जनाएको छ । सबै प्रमाण जुटाएपछि सीआईबीले तीनै जनालाई निगरानीमा राखेको थियो ।

तीनै जनामाथि अनुसन्धान गर्न सीआईबीमा स्थानीय ४८ जनाको उजुरी पुगेको छ । तीनै जनालाई थुनामा राख्ने अनुमति लिन सीआईबीले जिल्ला अदालत काठमाण्डुमा पेश गरेको छ ।