काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रही लामो समयदेखि फरार रहेका १ प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।
सीआईबीका अनुसार पक्राउ परेका व्यक्ति मधेशको रौतहट फतुवा–हर्साहा गाउँपालिका–९ का ४२ वर्षीय निराजन भन्ने निरञ्जन कुमार खरेल हुन् ।
उनलाई गोप्य सूचनाको आधारमा प्रहरीले मिति २०८२ कात्तिक २१ गते पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डुमा दर्ता भएको ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा खरेलले ठगी सम्बन्धी रकम नगद र चेकमार्फत जम्मा गर्ने, ओसारपसार गर्ने र गैरकानुनी रूपमा पीडितहरूबाट असुल गरेको रकम लिने गिरोहसँग मिलेमतो गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका खरेललाई थप अनुसन्धानका लागि काठमाण्डु जिल्ला अदालत बबरमहलमा पेश गरिएको ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।





प्रतिक्रिया