धितो मूल्यांकनकर्ता खत्री सीआईबीकाे फन्दामा

धितो मूल्यांकनकर्ता खत्री सीआईबीकाे फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं— बैंक अफ काठमाण्डू को ऋण दूरुपयोग गरेको अभियोगमा एक जना  धितो मूल्यांकनकर्ता पक्राउ परेका छन् ।

नेपाल प्रहरीको अनुसन्धान ब्यूरो (सीआईबी) ले मूल्यांकनकर्ता एभरेष्ट ईन्जिनियरिङ कन्सल्टेन्सी विराटनगरका भेषराज खत्रीलाई बिहीबार पक्राउ गरेकाे हाे। खत्रीविरुद्ध बिओके कमलपोखरी कार्यालयका प्रमुख प्रतिक श्रेष्ठले जाहेरी दिएका थिए।

बैंकबाट स्वर्णिम एण्ड श्रीजन कम्पनी प्रालिका संस्थाक एवम् सञ्चालक सुरेन्द्र श्रेष्ठले ऋण लिएका थिए । उनले झापाको ४ कठ्ठा १० धुर जग्गा झुक्याइ झुठ्ठा विवरण लिखत र नापी, नक्सा मिलाइ बैंकमा पेश गरेको आरोप प्रहरीको छ । श्रेष्ठले एक ठाउँको जग्गा देखाएर अर्को ठाउँको जग्गा धितोमा राखेका थिए । सो जग्गाको मूल्यांकन खत्रीले गरेका थिए । बैंकलाई हानीनोक्सानी पुर्याउने कार्यमा संलग्न रहेको अभियोगमा उनलाई पक्राउ गरेको सीआईबीले जानकारी दिएको छ ।