विजय मिश्रमाथि कारबाहीको माग गर्दै सीआईबीलाई पत्र पठाइयो

विजय मिश्रमाथि कारबाहीको माग गर्दै सीआईबीलाई पत्र पठाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संसद्को सार्वजनिक लेखा समितिले विजय प्रकाश मिश्रविरुद्ध साइबर अपराधमा कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ ।

तत्कालिन सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सेक्योरिटी प्रेस खरिदमा बार्गेनिङ गरेको अडियो लिक गर्ने मिश्रलाई कारबाहीको माग गर्दै प्रहरीलाई पत्र लेखेको हो ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले मिश्रमाथि साइबर अपराधमा कारबाही गर्न समितिबाट पत्र आएको जानकारी दिए ।

समितिले आइतबार प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्दै मिश्रले समितिका सदस्यमाथि झुटो आरोप लगाएर चरित्रहत्या गरेको भन्दै उनीमाथि कारबाही गर्न माग गरेको हो ।

मिश्रले विभिन्न सञ्चारमाध्यममार्फत प्रेस खरिदमा समितिका सदस्यको समेत मिलेमतो रहेको आरोप लगाएका थिए ।

बाँस्कोटाले प्रेस खरिदमा ७० करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो ।