हिरा पठाइदिन्छु भन्दै फेसबुकमार्फत् ४३ लाख ठगी गर्ने आङलेमी सीआईबीको फन्दामा

हिरा पठाइदिन्छु भन्दै फेसबुकमार्फत् ४३ लाख ठगी गर्ने आङलेमी सीआईबीको फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फेसबुकमार्फत् ठगी गर्दै गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।

 

हिरा, आइफोन लगायतका सामग्री पठाइदिने भन्दै ठगी गर्दै गर्दै गरेको आरोपमा सीआईबीको टोलीले सोलुखुम्बु, गुदेल–४, घर भइ राजधानीको बौद्ध तीनचुले बस्दै आएकी ३३ वर्षीया आङलेमी शेर्पालाई पक्राउ गरेको हो।

 

सीआईबीका प्रवक्ता एसपी मीरा चौधरीका अनुसार ती महिलाले ३४ जनाबाट ४३ लाख ठगी गरेकी छन्।

 

विदेशी नम्बर प्रयोग गरी फेसबुकमार्फत साथी बनाउने तथा आफु बिदेशी भएको र ठूलो मात्रमा धनराशी आफूसँग भएको बताएर प्रलोभनमा पार्ने तथा केहीलाई हिराको हार, आईफोन लगायतको बहुमुल्य पार्सल पठाउछु भनेर रकम माग्ने शेर्मालाई पक्राउ गरिएको एसपी चौधरीले बताइन्।

बौद्ध तीनचुलेबाट पक्राउ परेकी शेर्पालाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालएको प्रहरीले जनाएको छ।