नेपाली युवालाई टर्की पुर्‍याएर अपहरण गर्ने सीअाइबीकाे फन्दामा

नेपाली युवालाई टर्की पुर्‍याएर अपहरण गर्ने सीअाइबीकाे फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– दुई नेपाली युवालाई मकाउमा आकर्षक रोजगारीको प्रलोभन दिएर टर्की पुर्‍याउने एक व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ।

टीकाराम विश्वकर्मा र किरण मगरसँग जनही ६लाख ५० हजार रकम लिएर टर्कीमा  पुर्‍याएर १३ हजार अमेरिकी डलर फिरौती लिने सप्तरीको कञ्चनपुरका ओम प्रकाश पञ्जियारलाई प्रहरीले पक्राउ गरेको हो।

उनीविरुद्ध सिआईबीले मानब बेचबिखन तथा ओसारपसार मुद्दामा कारबाही अघि बढाएको छ।  टर्कीमा अपहरणमा परेका उनीहरु फिरौती बुझाएर गत फागुन ४ गते नेपाल पुगेका थिए।

पञ्जियारले टीकाराम विश्वकर्मा र किरण मगरलाई वैदेशिक रोजगारीका लागि मकाउ लैजाने भनी करिब तीन महिनासम्म भारतको नयाँ दिल्लीमा राखेका थिए। तर, मका लैजान नसकेपछि टर्कीमा राम्रो कमाई हुन्छ भनी प्रलोभनमा पारेर टर्कीमा पुर्याएर अपहरण गरेको प्रहरीले जनाएको छ।

ब्यूरोका प्रहरी नायब उपरीक्षक राजुकमार सिलवालले भने, ‘टर्कीमा पुगेपछि पीडितहरुले पञ्जियारलाई भने अनुसारको काम नभएको भन्दै गुनासो गरेका रहेछन्, त्यसको केही समयपछि उनीहरु अपहरणमा परेका थिए ।’

पञ्जियारलाई सिआईबीले मंगलबार काठमाडौं जिल्ला अदालतबाट थुनामा राख्न म्याद लिएको छ। उनीहरुलाई टर्की पठाउने र अपहरणमा सहयोग गर्ने समूहमाथि पनि अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ।