काठमाडौ- भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापरबाही ढंगले काम गर्ने कम्पनी र ठेकेदारको सूची बनाएर एक साताभित्र पठाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनपछि गृह मन्त्रालयले प्रशासन कार्यालयहरूलाई यस्तो परिपत्र गरेको हो ।
निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका कामहरू पनि कमसल हुने गरेको गुनासो बढेपछि बुधबार विभिन्न मन्त्रालयका पदाधिकारीसहितको बैठकमा गृहमन्त्रीले सूची बनाउन निर्देशन दिएका थिए । गृहमन्त्री बादलको निर्देशनअनुरूप मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र पठाएको छ ।
‘जिल्लास्तरमा सञ्चालित विकास निर्माण, सबै आयोजना, परियोजनाको अनुगमन गरी विवरण संकलन गर्ने, समयमै कार्य सम्पन्न नगर्ने फर्म, ठेकेदारको ठेगाना, सम्पर्क नम्बरसमेतका विवरण एक साताभित्र तयार गरी मन्त्रालयमा सफ्ट कपीसहित पठाउने ।’ पत्रमा उल्लेख छ । गृहमन्त्रालयले यस्तो सूची प्राप्त भइसकेपछि लापर्बाही गर्ने तयारी गरेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।




प्रतिक्रिया