नागरिकता अध्यादेश खारेज गर्न सरकारलाई विप्लवको चेतावनी

नागरिकता अध्यादेश खारेज गर्न सरकारलाई विप्लवको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपाका महासचिव नेत्र विक्रम चन्दले सरकारले ल्याएको नागरिकता अध्यादेश त्रुटीपूर्ण रहेको बताएका छन् ।

सोमबार उक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले संविधान जारी गर्दा नै नागरिकता सम्बन्धी कैयौं गलत एवं त्रुटिपूर्ण प्रावधानको विरोध गरेको जनाएका छन् ।

‘पहिलो विषय यो संविधान जारी गर्दा नै नागरिकता सम्बन्धी कैयौं गलत एवं त्रुटिपूर्ण प्रावधानहरु रहेकाबारे हामीले त्यतिबेलै विरोध राखेका थियौं । हरेक नेपाली नागरिकले सहज ढंगले आफ्नो देशको नागरिकता पाउनु उसको जन्मसिद्ध अधिकार हो र त्यो सुविधा पाउनुपर्छ भन्ने हाम्रो धारणा छ’, उनले भनेका छन् ।

महासचिव विप्लवले नागरिकता जस्तो राष्ट्रिय महत्व एवं जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरुको व्यापक परामर्श लिन आवश्यक रहेको बताएका छन् । उनले उक्त अध्यादेश निर्णय खारेज गर्न माग गरेको छ ।

‘सरकारले आफ्नो सत्तासंकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्र यस्ता निर्णय लिन्छ भने मात्र त्यसको मूल्य सिङ्गो देशले चुकाउनुपर्ने हुन्छ । अतः हाम्रो पार्टी त्यस्ता राष्ट्रहितविपरित कार्य नहोऊन्, त्यस्ता निर्णय खारेज गरिऊन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहान्छौं’, उनले भनेका छन् ।