प्रतिनिधिसभाले हुवहु पास गरेको नागरिकता विधेयक राष्ट्रियसभामा पेस हुँदै

प्रतिनिधिसभाले हुवहु पास गरेको नागरिकता विधेयक राष्ट्रियसभामा पेस हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकबारे आज राष्ट्रिय सभाको बैठकमा पेस गर्ने तयारी छ ।

बैठकमा राष्ट्रपतिबाट पुनर्विचार गर्न भन्दै फिर्ता गरिएको तर प्रतिनिधिसभाले जस्ताको तस्तै पुनः पारित गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७१ पेस गर्ने तयारी भएको हो ।

राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । सम्भावित कार्यसूची अनुसार बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘ नागरिकता विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् ।

संघीय संसदका दुवै सदनबाट पारित भई नागरिकता विधेयक साउन १५ गते प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको थियो । राष्ट्रपति भण्डारीले उक्त विद्येयकमा पुर्नविचारका लागि नागरिकता विद्येयक सन्देशसहित फिर्ता पठाएकी थिईन । तर, प्रतिनिधिसभाले भने त्यसमा संशोधन विनै फेरी हुवहु पारित गरेको छ ।

पाँच दलीय गठबन्धन दलहरुको बैठकले राष्ट्रपति भण्डारीले पुर्नविचारका लागि सन्देशसहित फिर्ता पठाएको नागरिकता विद्येयक हुबहु पारित गर्ने निर्णय गरेको थियो । भण्डारी १५ दिन विद्येयक रोकेर संसदमा फिर्ता पठाएपछि सत्तारुढ दलका नेताहरुले त्यसमा असन्तुष्टि जनाएका थिए ।