५७ लाख नेपालीसँग छैन नागरिकता


काठमाडौं – नागरिकता लिन योग्य ५७ लाख नागरिक नागरिकताविहीन भएको पाइएको छ। २०६८ सालको जनगणनाअनुसार एक करोड ४० लाख ३० हजार २७१ जनाले नागरिकता लिएका थिए।

यस्तै, गृह मन्त्रालयको तथ्यांकअनुसार २०६९ मा एक करोड ४२ लाख ५० हजार ३०७, २०७० मा एक करोड ५३ लाख ७६ हजार ७३७ जनाले नागरिकता लिएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ। २०७१ मा एक करोड ५८ लाख १९ हजार ६५७ जनाले नागरिकता लिएका थिए भने सो अवधिसम्म नागरिकता नपाउनेको संख्या ४६ लाख ७७ हजार ५३ जना रहेको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

तर, यो संख्या अहिले बढेर ५७ लाख पुगेको विभिन्न अध्ययनले देखाएको छ । सरोकारवाला निकायले विभिन्न अध्ययनको आधारमा गरेको प्रक्षेपणअनुसार आर्थिक वर्ष २०७५ सम्म आइपुग्दा मुलुकमा नागरिकता पाउनयोग्य भएर पनि नागरिकता नपाउनेको संख्या ५७ लाख पुगेको हो। नागरिकता नपाउँदा उनीहरू सरकारले दिने सुविधाबाट वञ्चित भइरहेका छन्।

गृह मन्त्रालयका अनुसार नागरिकता नपाउनेहरूमा बुबाआमाको पहिचान नभएका, मौसमी कामदारलगायत प्रकृतिका छन्। यो समाचार आजको राजधानी दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस
Advertisement