सिटी सेन्टरका सुरक्षा गार्डलाई चौथो तलाबाट खसालेको खुलासा, चार जना पक्राउ


काठमाडौं– खसेर मृत्यु भएको भनिएका काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरका सुरक्षा गार्ड रविन खवास भुजेलको हत्या भएको खुलासा भएको छ। पाँचथर फिदिमका २६ वर्षीय भुजेलको शनिबार बिहान सिटी सेन्टरको चौथो तलाबाट खसेका थिए। तर, प्रहरी अनुसन्धानको क्रममा भुजेलको हत्या आफ्नै साथीबाट भएको खुलेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहन थापाले भुजलको हत्या भएको खुलेको र चार जनालाई पक्राउ गरिएको बताए। प्रहरीले भुजेलसँगै कार्यरत सुरक्षा गार्ड रुद्र बस्नेत र हाउस क्लिनर चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रहरी परिसरले नियन्त्रणमा लिएका चारजनालाई आइतबार अदालतबाट म्याद लिएर पत्रकार सम्मेलनमार्फत् सार्वजनिकको तयारी थालेको छ। सम्वभतः आइतबार दिउँसो ३ बजे पत्रकार सम्मेलन हुने परिसर स्रोतले बतायो। हत्या घटना महिला, मदिरा र मनमुटावका कारण भएको देखिएको छ। घटना लगत्तै परिसर र वृत्त कमलपोखरीको संयुक्त टोलीले अनुसन्धान थालेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement