बढुवा भएका महानगरका ७ प्रहरी नायव उपरीक्षकलाई दर्ज्यानी चिह्न

बढुवा भएका महानगरका ७ प्रहरी नायव उपरीक्षकलाई दर्ज्यानी चिह्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगर प्रहरी बलका ७ जना वरिष्ठ नगर प्रहरी निरीक्षकलाई बढुवा गरी नगर प्रहरी नायव उपरीक्षक पदको दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

बिहीबार काठमाण्डु महानगरपालिकाको कार्यालयमा कार्यक्रमको आयोजना गर्दै दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

काठमाण्डु महानगरपालिकका प्रहरी प्रमुख राजु पाण्डेले छुट्टै ऐन, पदपूर्ति प्रक्रिया र समिति लगायत रिक्त दरबन्दीमा स्वत: परिपूर्ति हुने २०८० सालमा महानगर प्रहरी ऐनलाई संशोधनसहित भर्खरै सम्पन्न भएको नगर सभाले ल्याएको बताए ।

उनले ३३ वर्षको अवधिमा २०७९ सालपछिको अहिले ३ वर्षको अवधि महानगर प्रहरी व्यवस्थित गर्नको लागि महत्त्वपूर्ण भएको पनि बताए । उनले भने, ‘२०८० सालमा महानगर प्रहरी ऐन ल्याइयो र संशोधनसहित २०८२ अस्ति भर्खर सम्पन्न भएको नगर सभाबाट ल्याइयो । त्यसपछि यसको छुट्टै ऐन, छुट्टै पदपूर्ति प्रक्रिया, छुट्टै समिति लगायत रिक्त दरबन्दीमा स्वत: परिपूर्ति हुने, प्रहरी जवान, प्रहरी सहायक निरीक्षक, नगर प्रहरी निरीक्षक रहेका छन् । आन्तरिक रूपमा बढुवा हुने र खुल्ला रूपमा छनोट भएर प्रहरीहरू ल्याउने ऐन बनेको छ । महानगर प्रहरीको लागि यो कोशेढुंगा हो । ३३ वर्षको अवधिमा यो ०७९ सालपछिको अहिले ३ वर्षको अवधि महानगर प्रहरी व्यवस्थित गर्नको लागि ठूलो काम भएको छ ।’

आफू नरहे पनि महानगर प्रहरी सधैं रहने भन्दै यसको सानलाई जोगाउनको लागि जनताको विश्वास जितेर काम गर्नेतर्फ निर्देशित हुनुपर्ने पनि उनको भनाइ छ । अहिले पदोन्नति भएका १ जना महिलासहित ७ जना रहेका छन् ।

उनले बढुवा भई नगर प्रहरी नायव उपरीक्षक पदको दर्ज्यानी चिह्न प्राप्त गर्ने ७ जना प्रहरीमध्ये १ जना महिला पनि रहेको जानकारी दिए ।