किन भासिँदैछ जाकर्तादेखि कोलकातासम्मका सहर ?

किन भासिँदैछ जाकर्तादेखि कोलकातासम्मका सहर ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ‘यो घर धेरै समयदेखि भासिँदै आएको छ । २२ वर्ष अघि म झ्यालबाहिर उभिँदा झ्यालहरू मेरो छातीसम्म हुन्थे, तर अहिले त्यो घुँडासम्म झरेको छ’, इन्डोनेसियाको राजधानी जकार्तामा बस्ने अर्नाले भनेकी वाक्य हो यो ।

उनी बस्ने सहर जाकर्ता समुद्री सतहमा भासिदै गएपछि यस्तो अवस्था आएको हो । जकार्ता संसारकै सबैभन्दा तीव्र रूपमा भासिँदै गएको सहरमध्ये एक हो ।

अर्नाको घर जकार्ताको उत्तरतिरको भागमा पर्छ, जुन सहरको सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक हो । यहाँ जब भारी वर्षा हुन्छ, बाढीको जस्तो अवस्था सिर्जना हुन्छ ।

३७ वर्षीया अर्ना जकार्तामै हुर्किएकी हुन् । उनलाई त्यस वरपर रहेको व्यस्त बन्दरगाह र मस्जिदहरू अहिले पनि सम्झना छन्, तर अचेल हराइसकेका छन् र सधैँका लागि पानीमुनि गइसकेका छन् ।

उनी बस्ने घर सन् १९७० तिर बनेको थियो । अहिले त्यस घरका भित्ताहरू चिराचिरा भएका छन् र फर्शलाई फेरि जमिनको स्तरमा ल्याउन बाक्लो कंक्रिटको परत हालिएको छ, जुन लगभग १० पटकसम्म दोहोरिएको छ ।

सिंगापुरको नानयांग प्राविधिक विश्वविद्यालयका (एनटीयू)को अध्ययनअनुसार जाकर्ता मात्र होइन, भारतका चेन्नई, अहमदाबाद र कोलकाता जस्ता ४८ सहरहरू पनि डुब्ने खतरा भएको सहरको सूचीमा परेका छन् ।

एनटीयूका अनुसन्धाताहरूले एशिया, अफ्रिका, युरोप र अमेरिकाका ४८ तटीय सहरहरूको अध्ययन गरेका छन्, जुन समुद्री सतह बढ्नाले सबैभन्दा बढी जोखिममा छन् ।

सहरहरू भासिनुको पछाडि मुख्य कारण जलवायु परिवर्तन हो । बीबीसी र संयुक्त राष्ट्रसंघको जनसंख्या तथ्यांकको विश्लेषण अनुसार, यी क्षेत्रमा करिब १६ करोड मानिसहरू बसोबास गर्छन् ।

एनटीयूको अध्ययन अनुसार सन् २०१४ देखि २०२०सम्म कोलकाताका केही भागहरूमा वार्षिक ०.०१ सेमीदेखि २.८ सेमीसम्म जमिन भासिएको छ । कोलकताको यी क्षेत्रमा ९० लाख मानिसहरू बस्छन् ।

अध्ययन अनुसार सबैभन्दा तीव्र रूपमा भासिएको क्षेत्र कोलकाताको भाटपारा हो, जहाँ प्रत्येक वर्ष २.६ सेमी जमिन भासिन्छ ।
नासाका अनुसार सन् २०२४ मा समुद्रको सतह ०.५९ सेमीले बढेको छ । ‘कोलकातामा जमिन भासिनुको मुख्य कारण भूजलको अत्याधिक दोहन रहको विशेषज्ञहरू बताउँछन् ।

यी भासिएका क्षेत्रमा भूकम्प र बाढीको जोखिम अध्याधिक रहेको उनीहरू बताउँछन् ।

२०१४–२०२० बीच चेन्नईका केही भागहरूमा ०.०१ सेमीदेखि ३.७ सेमीसम्म वार्षिक जमिन भासिएको छ । यस क्षेत्रमा झण्डै १४ लाख मानिसहरू बस्छन् ।

सबैभन्दा धेरै भासिएको क्षेत्र थोरमानि हो, जहाँ हरेक वर्ष औसत ३.७ सेमी जमिन भासिन्छ । कृषि, उद्योग र घरायसी प्रयोजनका लागि अत्यधिक भूजलको उपयोग भएको हुँदा जमिन भासिएको हो ।

यसको जोखिम कम गर्न भारत सरकारले भूजल व्यवस्थापन सुधार गर्न विभिन्न कार्यक्रमहरू सुरु गरेको छ ।
यस्तै भारतमा जमिन भासिने अर्को सहर हो ।

२०१४ देखि २०२० सम्म अहमदाबादका केही भागहरूमा हरेक वर्ष ०.०१ सेमीदेखि ५.१ सेमीसम्म जमिन भासिएको छ । यहाँ ५१ लाख मानिसहरू ती क्षेत्रहरूमा बस्छन् ।

पिपलाज नामको क्षेत्रमा सबैभन्दा तीव्र भासिने प्रक्रिया देखिएको हो, जहाँ प्रति वर्ष औसत ४.२ सेमी जमिन भासिएको छ ।
यहाँ पनि अत्यधिक भूजल पम्पिङ, समुद्रको सतहको वृद्धि र अत्यधिक वर्षाले समस्या बढाएको छ ।

भारतका मुम्बई र सुरत पनि भासिरहेका सहरहरूको सूचीमा परेका छन्। सबैभन्दा गम्भीर तरिकाले भासिएको सहर चीनको तिआन्जिन हो । जहाँ २०१४–२०२० बीच प्रत्येक वर्ष औसत १८.७ सेमी जमिन भासिएको देखिएको छ ।

एनटीयुको की चेरेल टे भन्छिन्, ‘धेरैजसो भासिएका सहरहरू एशिया वा दक्षिणपूर्वी एसियामा छन्, जहाँ जनसंख्या तीव्र रूपमा बढिरहेको छ र विकासको दबाब उच्च छ ।’

त्यहाँ पानीको माग धेरै भएकाले भूजल अत्यधिक प्रयोग हुन्छ, जसले समस्या झन गम्भीर बनाउँछ ।

जकार्ताको लगभग आधा भाग समुद्र सतहभन्दा तल छ । यहाँ १३ वटा नदीहरू समुद्रमा मिसिन्छन्, जसले यसलाई थप संवेदनशील बनाएको छ ।

इन्डोनेसियाको मौसम विभागका अनुसार, पहिले पाँच–पाँच वर्षमा हुने बाढी अब धेरै चाँडो हुने सम्भावना छ, किनभने वर्षा बढ्ने प्रवृत्ति देखिएको छ ।

पछिल्लो दशकमा आएको बाढीले धेरैको मृत्यु गराएको छ र झण्डै २.८ लाख मानिस विस्थापित भएका छन् । १९७० को तुलनामा जकार्ताका केही भागहरू ४ मिटरसम्म तल भासिसकेका छन् ।