काठमाण्डु – सिभिल अस्पतालले कोरोना संक्रमितको उपचार खर्च नव्यहोर्ने भएको छ । अस्पतालले एक सूचना जारी गर्दै अस्पतालमा कोरोना संक्रमण भई उपचार गराइरहेका संक्रमितहरुले कात्तिक २ गतेको निर्णयअनुसार आफैं खर्च व्यहोर्नुपर्ने जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेका थिए ।
त्यस्तै अस्पतालले संक्रमितहरुले धरौटी नराखी खाना खान नपाउने भएका छन् । संक्रमितले अस्पतालमा रहेको क्यान्टिनमा धरौटी राखेपछि मात्रै खाना खान पाउनेछन् ।





प्रतिक्रिया