काठमाण्डु – सर्वोच्च अदालतको संवैधानिक इजलास आज नबस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द शम्शेर जबरालाई ‘बिसन्चो’ भएपछि आज इजलास नबस्ने भएको हो ।
प्रधानन्यायीश जबराले आइतवार न्यायाधीशहरू दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वपरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईसहितको संवैधानिक इजलास गठन गरेका थिए।
प्रधानन्यायाधीश जबरालाई बिसन्चो भएको जानकारी उनको सचिवालयका कर्मचारीले अरु चारै जना न्यायाधीशलाई दिइसकेका छन् ।
आइतबार महान्यायाधीवक्ता रमेश वडालसहितका सरकारी पक्षका कानून व्यवसायीले न्यायाधीशद्वय कार्की र भट्टराईलाई संवैधानिक इजलासमा राखिएको भन्दै आपत्ती जनाएका थिए । उनिहरुले दुवैको निष्पक्षता कायम हुनेमा आशंका गरेका थिए ।




प्रतिक्रिया