भारतका प्रधानन्यायाधीश यशवन्त काठमाण्डुमा

भारतका प्रधानन्यायाधीश यशवन्त काठमाण्डुमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतका प्रधानन्यायाधीश धनञ्जय यशवन्त चन्द्रचुड शुक्रबार नेपाल भ्रमणका क्रममा काठमाण्डु पुगेका छन् ।

नेपालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधानन्यायाधीश यशवन्त काठमाण्डु आएका छन् ।

यशवन्तलाई सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई, भारतीय राजदूत नवीन श्रीवास्तव लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

शनिबार काठमाण्डुमा केन्द्रीय बाल न्याय समितिले आयोजना गर्ने कार्यक्रममा उनी मुख्य वक्ताको रूपमा प्रस्तुति दिनेछन् । भ्रमणकै क्रममा यशवन्त र श्रेष्ठबीच द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ ।